Logo

नेपाल र जिम्बाब्बे ए: ३३ ओभर छोट्याइएको खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै



काठमाडौं, २६ वैशाख । नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ए र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल साेमबार हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस जितेर फिल्डिङ गर्ने भएको छ । भ्रमणकारी टोली जिम्बाब्बे भने सुरुवाती ब्याटिङ गर्नेछ ।

खेल निर्घारित समय अनुसार ९ बजे हुनु पर्ने थियो । तर राति परेको वर्षाका कारण आउटफिल्ड भिजेका कारण टस १२ बजे मात्र भएको थियो । नेपाल क्रिकेट संघ क्यानका अनुसार खेल ३३ ओभरको हुनेछ ।

नेपाल र जिम्बाब्बे ए बीचको तीन एकदिवसिय सिरिज १–१ को बराबरी अवस्थामा छ । पहिलो खेलमा जिम्बावे तीन विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा नेपाल ९ विकेटको विजयी हुँदै शृंखला बराबरी गर्न सफल भएको थियो ।

अन्तिम खेलमा समेत लगातार जित निकाल्दै नेपाल शृंखला घरमै राख्न चाहन्छ । यता जिम्बाब्बे भने शृंखला जित्दै भ्रमय सुखमय बनाउन चाहन्छ ।

 



प्रतिक्रिया दिनुहोस्