Logo

पाकिस्तानमा लोडसेडिङ्ग बढ्यो



एजेन्सी, २६ वैशाख । पाकिस्तानमा इन्धनको संकटले लोडसेडिङ्ग बढ्न थालेको छ । कराँचीस्थित विद्युत आपूर्ति कम्पनीले लोडसेडिङ्गको अवधि बढाएको छ ।

३०० देखि ४०० मेगावाट विद्युत आपूर्ति घटेपछि कराँची विद्युत आपूर्ति कम्पनीले लोडसेडिङ्ग बढाएको एरी न्यूजको रिपोर्टले जनाएको छ ।

पाकिस्तानमा १२ घन्टाभन्दा बढी लोडसेडिङ्गले जनजीवन प्रभावित हुँदै आएको छ । अहिले फेरि लोडसेडिङ्ग बढेको छ ।

कतिपय स्थानमा १२ घन्टाभन्दा बढी लोडसेडिङ्ग छ । सुख्खा र उच्च तापक्रमले पाकिस्तानमा झन् समस्या बढेको छ । पानीको संकट बढेर खाद्यान्नबालीमा पनि असर परेको छ ।



प्रतिक्रिया दिनुहोस्