Logo

गठबन्धन राजनीतिक आवश्यकता हो, कसैको विरुद्ध हैनः महामन्त्री थापा



काठमाडौं, बैशाख २७ । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका छन् ।

सोमबार उदयपुर सदरमुकाम गाइघाटस्थित लोकतान्त्रिक चोकमा काँग्रेसले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले भने, “पाँच दलीय गठबन्धन राजनीतिक अस्थिरता हटाउन र राजनीतिक स्थायित्व कायम गर्नका लागि भएको हो ।”

नेकपाको बहुमतको सरकार हुँदाहुँदै सो पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भङ्ग गरी राजनीतिक अस्थिरता निम्त्याएको थापाको भनाइ छ । सोही कारण फेरि देशमा राजनीतिक अस्थिरता नहोस् भनेर गठबन्धन गरी सरकार गठन भएको महामन्त्री थापाको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्