Logo

आजदेखि अन्तराष्ट्रिय सीमा नाका बन्द हुँदै



काठमाडौं, बैशाख २७ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अन्तराष्ट्रिय सीमा नाका आज रातिदेखि बन्द हुने भएका छन् । भारत र चीनसंग जोडिएको सीमा नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको हो ।

यही शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका लागि भन्दै आज राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द गरिन लागेका हुन् ।

खुला सीमा लगायतका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गरिन लागेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot