Logo

कृषिमा युवालाई रोजगारी सृजना गर्नेछु : फबिन्द्र प्रधान



भोजपुर, २७ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि फबिन्द्र प्रधान चुनावी मैदानमा उत्रिएका छन् । युवा नेता प्रधानलाई नेपाली कांग्रेसले भोजपुर नगरपालिका–५ को वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

कषि,शिक्षा, स्वास्थ्य, असल शासन र पुर्वाधार, सन्तुलित विकासलाई आफ्नो एजेण्डा बनाएर स्थानीय चुनावमा होमिएका प्रधान सामाजिक संघसंस्थामा पनि आबद्ध छन् । उनीसँग भ्रष्टाचार विरोधी अभियान असन शासनको अध्यक्ष, उद्योग वाणिज्य संघ कार्यसमितिको सदस्य भएर काम गरेको अनुभव छ ।

उनी सफल कृषि व्यवसायी पनि हुन् । प्रधानसँग हामीले निर्वाचनको विषयमा केन्द्रित भएर कुराकानी गरेका छौ, प्रस्तुत छ, उहाँसँग गरिएको कुराकानीको सम्पादीत अंशः–

यहाँले वडाध्यक्षमा उम्मेदवारी दिनुभएको छ, तपाईको उम्मेदवारी के का लागि हो ?
विशेषगरी मेरो उम्मेदवारी यथास्थितिको विरुद्ध हो । हिजो भइरहेको सिस्टमले अब चल्दैन् । पुरानो सिस्टमले जनताले विकास र समृद्धिको आभास गर्न पाएनन् । जागिरको हिसाबले मात्र जनप्रतिनिधिले काम गरे विकासको लागि होइन् । अब युवाले नेतृत्व लिन पर्छ, जनप्रतिनिधिले वडा चलाएर जागिर मात्र खाने होइन् वडाको विकास जनताको, जीवनस्तर उकास्न र विकासको फड्को मार्न मेरो वडाध्यक्षमा उम्मेदवारी हो ।

चुनावी मैदानमा अरु उम्मेदवार पनि छन् नी, वडावासीले तपाईलाई भोट किन दिने ?
हिजो निर्वाचित भएका जनप्रतिनिधिहरु पनि मसँग प्रतिस्पर्धामा हुनुहुन्छ, उहाँहरुले ३० वर्षदेखि वडा चलाउँदै आउनुभएको छ । जुन बेला संक्रमणको समयमा सचिवले कार्यालय चलाइराख्नु भएको थियो, उहाँहरुलाई नै संघियता आएपछि पनि जनताले चुने तर उहाँहरुले काम संक्रमणकालकै तरिकाले गर्नुभयो । उहाँहरुले पञ्जीकरणको काम मात्र गर्नुभएको छ, विकासको काम गर्नुभएको छैन् । जनताको जीवनस्तर उकास्ने काम गर्न सक्नुभएको छैन् । योजना बनाएर कार्यान्वयन गर्न सक्नुभएन । उहाँहरुकै कारणले गर्दा हाम्रो वडाको विकास हुन सकेन । यथास्थितिमा समाजलाई राख्न हुँदैन् अब समाजलाई रुपान्तरण गर्नुपर्छ, र युवाले वडाको विकासका लागि नेतृत्व लिनुपर्छ । मलाई वडावासीले भोट म दिनेमा दृढ छु र आत्मविश्वासी पनि छु । उहाँहरुभन्दा म अलि बढी अब्बल छु भन्ने लाग्छ ।

कुन–कुन मुद्दा लिएर जनतामाझ जानु भएको छ, तपाईका चुनावी एजेण्डा चाँही के के हुन् ?
अरुले नबनाएपनि मैले गठबन्धनको घोषणापत्रको आधारमा सकल्पपत्र तयार पारेको छु । शिक्षालाई गुणस्तरीय बनाउनुपर्छ भनेर नीजि स्कुल भन्दा सामुदायिक विद्यालयलाई गुणस्तरिय बनाउनु पर्छ भन्ने मेरो प्रमुख एजेण्डा हो । कृषि क्षेत्रमार्फत रोगजार पनि हुने र समग्र जनताको जीवनस्तर पनि उकासिने भएकोले यसलाई पनि मैले चुनावी एजेण्डामा राखेको छु । स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने, न्युन आए भएका सुत्केरी हुने दिदी बहिनीलाई सुत्केरी भत्ताको व्यवस्था गर्ने, सिचाई, बाटो पुर्वाधारको विकास मेरा एजेण्डा हुन् ।

जनताको घर–घरमा जानुभएको होला, तपाईको उम्मेदवारी प्रति के भन्छन् मतदाता ?

अब बैशाख ३० गते मतदान हुन्छ, त्यो दिन जनताले प्रमाणित गर्नेछन् । म प्रति युवा वर्ग बढी उत्साहित भएका छन् । र, मप्रति एकदम आशावादी देखेको छु । हिजोको दिनमा ३० वर्षसम्म वडा चलाएकोमा निराशा भइरहेको भन्दै म प्रति धेरै आशा राखेको पाएको छु ।

तपाईको चुनाव जित्ने आधार के हुन् ?

मैले विगत २० वर्षदेखि भ्रष्टाचार विरोधी अभियान चलाएको हुँदा अभियन्ताको रुपमा मलाई जनताले र राजनीतिक दल राम्रोसँग चिन्छन् । हामीले भ्रष्टाचार विरोधी अभियान चलाएको हुनाले मलाई जनताले वडाको नेतृत्व गर्न क्षमता म मा देखेका छन् । उहाँहरुले असल शासन र सुशासनको प्रत्याभुति गर्न सकिने देखेर भोट दिनुहुन्छ भन्नेमा म ढुक्क छु । कृषिमा पनि मेरो सम्लग्नता निरन्तरता छ । उद्योगवाणिज्य संघमा पनि म आवद्ध छु । लामो समयदेखि काम गरिसकेको छु ।

अन्त्यमा मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?
एक मत भनेर नअल्मलिनुस, एउटा युवा भिजन भएको नेतृत्व जसले तपाईको आफ्नो भविष्य, बालबच्चाको भविष्य र पुस्तोपुस्ताको भविष्यको महत्व राख्छ तपाईहरुको एकमतले त्यसमा ध्यान दिनुहोस् । आफ्नो अमुल्य मतलाई एउटा सिद्धान्त, विचार र एउटा पार्टीसँग नसाट्नुहोस् र लोभ लालचामा पनि नफस्नुहोस् भन्ने विनम्र अनुरोध गर्दछुृ । जसले २०औं वर्षको भविष्यलाई प्रभाव पार्छ र समग्र नगरपालिकाको भविष्यमा पनि नराम्रो असर पर्न सक्छ । त्यसैले सोचेर सहि नेतृत्वलाई छानेर मतदान गर्नुस् भन्न चाहान्छु ।



प्रतिक्रिया दिनुहोस्

Screenshot