Logo

पाकिस्तानले चिनी निर्यातमा प्रतिबन्ध लगायो



एजेन्सी, २७ वैशाख । पाकिस्तानले चिनी निर्यातमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानका प्रधानमन्त्री सेहवाज सरिफले सोमबार चिनी निर्यातमा पूर्ण प्रतिबन्धको घोषणा गरेका हुन् ।

डन पत्रिकाका अनुसार सरिफले चिनीको तस्करीमा लाग्नेविरुद्ध कडा कारबाहीको चेतावनी समेत दिएका छन् । पाकिस्तानमा चिनीको माग अत्याधिक बढेको, गहुँको पीठोको अभाव हुन थालेको भन्दै प्रतिबन्ध लगाइएको उल्लेख छ । चिनीको अभावहरु देखिनथालेको छ ।

पाकिस्तानको पञ्जाब प्रान्तबाट गहुँको पीठो आउन छाडेको उल्लेख छ । पाकिस्तानमा खाद्य संकट बढेको छ । त्यहाँ पानीको समेत अभाव देखिनथालेको छ ।



प्रतिक्रिया दिनुहोस्