Logo

निर्वाचन आयोगद्धारा भुमि आयोग ताहाचलका उपाध्यक्ष र चितवनका अध्यक्षलाई ३ दिनभित्र स्पष्टिकरण माग



काठमाडौं, २७ बैशाख । निर्वाचन आयोगले राष्ट्रिय भुमि आयोग ताहाचल काठमाडौंका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्लाका अध्यक्ष बद्री तिमिल्सिनालाई तीन दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ ।

आयोगले तिमिल्सिना र खड्काले निर्वाचन आचारसंहिता विपरित मतदातालाई प्रत्यक्ष प्रभावित पार्न चितवनको भरतपुर–११ गणेस्थानमा भुमिको निस्सा बाडेको समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले स्थानीय तह निर्वाचनको सम्मुखमा भरतपुुरका मतदातालाई भुमिको निस्सा बाँडेको हो वा होइन् ? बाँड्दा आचारसंहता विपरित हुन्छ/हुँदैन ? पत्र प्राप्त भएकोले स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको हो ।

साथै आयोगले राष्ट्रिय भुमि आयोगलाई मातहतबाट हुने भुमिको निस्सा वितरण सम्बन्धि सम्पुर्ण कार्य स्थानीय तह निर्वाचनको लागि निर्वाचन आचारसंहिता लागु रहने अवधिसम्म स्थगित गर्न समेत अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस्