Logo

केशब स्थापित भन्छन्–म त ठूलो कुरा गर्नै जन्मिएको हो क्या (भिडिओसहित)



काठमाडौं, २७ बैशाख। काठमाडौं महानगरमा नेकपा (एमाले) बाट मेयरका उम्मेद्धवार केशब स्थापितले आफ्नो मुख्य एजेण्डा भनेको पार्टीको नीतिअनुसार समाजवादको आधार तय गर्नु रहेको बताएका छन् । उनले पार्टीले घोषणा गरेअनुसार समाजवादको आधार तयार पार्न जग हाल्ने बताए ।

उनले काठमाडौंमा कुनै समस्या नरहेको जिकिर गरे । हिजो राति प्राइम टीभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौं ईश्वरहरुको ठाउँ रहेको उल्लेख गर्दै यहाँको सभ्यता जोगाउनेगरि आफूले काम गर्ने सुनाए ।

उनले काठमाडौं महानगरका सबै समस्या समाधान गर्न आफूसँग सूत्र रहेको पनि सुनाए । स्थापितलाई पत्रकार धमलाले ‘तपाईमाथि त उद्दण्ड बनेको आरोप छ नि ?’ भनेर तेर्साएको प्रश्नमा उनले भने–‘म त ठूलो कुरा गर्नै जन्मिएको हो क्या, महत्वकांक्षी नै हो । सानो कुरा गरेर हुन्छ ? कुण्ड कुण्ड कुरा गरेर हुन्छ ? यो शहरी सेवा केन्द्र हुन्छ । म २० वटा ट्वाईलेट बनाउँछु । महिलामैत्री शौचालय बनाउँछु ।’ उनले साईकल चढ्ने संस्कारको पनि विकास गर्ने जनाए । उनले बाग्मती र धोविघाट कोरिडोर आफूले खोलेको पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्