Logo

बाबुरामको क्षेत्र पालुङटारमा एमाले र जसपाबीच गठबन्धन



गोरखा, २७ बैशाख । गोरखाको पालुङटारमा नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल भएको छ । एमालेले जसपाका संघीय अध्यक्ष बाबुराम भट्टराईको क्षेत्रमा जसपासँग तालमेल गरेको हो । तालमेलपछि मेयर जसपालाई र उपमेयर एमालेको भागमा परेको छ ।

जसपाले कांग्रेससँग तालमेल टुटेपछि एमालेसँग तालमेल गरेको हो । गठबन्धनको शीर्ष नेता तथा जसपाका नेता भट्टराईको समन्वयमा आज दिउँसो एमाले र जसपाबीच तालमेल भएको हो ।



प्रतिक्रिया दिनुहोस्