Logo

मर्जर कमिटी गठन गर्दै महालक्ष्मी लाईफको विशेष साधारण सभा सम्पन्न



काठमाडौं, २७ बैशाख । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाको अध्यक्षता कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले गरेका हुन् ।

कम्पनीका अध्यक्षले पानसमा बत्ती बालेर उद्घाटन गरेका सभामा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सहभागी सदस्यहरुको स्वागत गर्दै विशेष साधारण सभा गर्नुको उद्देश्य बारेमा प्रकाश पारेका थिए ।

सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५०० करोड र ३०० करोड हुने गरी पूँजी बृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ । बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो ।

सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो । सभाको अन्तमा संचालक सुरेश सापकोटाले विशेष साधारण सभा सफलता पूर्वक सम्पन्न गर्नमा सहयोग गरेकोमा सम्पुर्ण सहभागीहरुलाई धन्यवाद दिएका थिए ।

पूँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५०० करोड पु¥याउने उद्देश्यले विशेष साधारण सभा सम्पन्न भए पश्चात बसेको संचालक समितिको ५८ औँ बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी गठन गरेको जानकारी गराउन चाहन्छौँ ।

 

 



प्रतिक्रिया दिनुहोस्