Logo

ग्लोबल आइएमई बैंकले गर्यो एनसीएचएलसँग सम्झौता



काठमाडौं, २७ बैशाख । ग्लोबल आइएमई बैंकले नेपाल क्यिरिङ हाउससँग नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता गरेको छ ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्यिरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार बैंकले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्ध–सरकारी बिल भुक्तानी, क्रेडिट कार्डको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, सेयर कारोबारको भुक्तानीलगायतका विभिन्न भुक्तानी उपलब्ध हुने व्यवस्था गरेको छ ।

साथै बैंकले नेशनल पेमेन्ट स्वीचअन्तर्गतका नेपालपे क्यूआर, नेपालपे इन्सट्यान्ट, नेपालपे रिक्वेस्टलगायतका अन्य सेवाहरु पनि चाँडै नै उपलब्ध गराउने जनाएको छ ।

बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा २८८ शाखा, २५९ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७० सेवा केन्द्रबाट २८ लाखभन्दा ग्राहकलाई सेवा दिँदै आएको दावी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्