Logo

महालक्ष्मी विकास बैंकले गर्यो क्यूआर कोड वितरण



काठमाडौं, २७ बैशाख । महालक्ष्मी विकास बैंकले क्यूआर कोड वितरण गरेको छ । बैंकले महाराजगञ्ज र नक्साल (भाटभटेनी) क्षेत्रमा क्यूआर कोड वितरण गरेको हो ।

नगदरहित कारोबार गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले महाराजगञ्ज र भाटभटेनी शाखाको अगुवाईमा उक्त क्षेत्रमा क्यूआर कोड वितरण गरेको हो ।

बैंकले उक्त क्षेत्रका फलफूल पसल, कपडा पसल, खाजा घर, खुद्रा पसल, होटल तथा रेष्टुरेन्टलगायतका पसलमा क्यूआर कोड वितरण गरेको हो । क्यूआर कोडको प्रयोगबाट नगद कारोबारको जोखिमलाई न्यूनिकरण गरी सुरक्षित रुपमा डिजिटल बैंकिङ कारोबार गर्न ग्राहकलाई सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीमाझ वित्तीय पहुँच पु–याउने लक्ष्य राख्नुका साथै सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो रूपमा प्रदान गर्दै आएको दावी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्