Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई होटल एशियातिकमा २०% छुट



काठमाडौं, २७ बैशाख । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिकबीच सम्झौता भएको छ।

दुई कम्पनीबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट एइक् तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहकहरुलाई २०% सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । होटल एशियातिक्वले एयरपोर्ट रोड, बिराटनगरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्