Logo

फिलिपिन्समा पूर्व तानाशाह मार्कोसका छोरा राष्ट्रपति बन्दै



एजेन्सी, २७ वैशाख । फिलिपिन्सका पूर्व तानाशाह फर्नान्डो मार्कोसका छोरा फर्डिनान्ड बोङबोङ मार्कोस जुनियर राष्ट्रपति बन्ने निश्चित भएको छ । चुनावी परिणाम आइरहँदा मार्कोसले बहुमत पाइसकेकाले निर्वाचित हुने निश्चित भएको हो ।

३६ वर्षपछि मार्कोस परिवार सत्तामा आउन लागेको । यो मार्कोसको शासनमा भएको दमन र भ्रष्टाचारको विरोध गरिरहेकाहरुका लागि ठूलो धक्का बनेको छ । मार्कोस परिवारले यी आरोपहरुको अहिलेसम्म खण्डन मात्र गरिरहेको छ ।

११ करोड जनसंख्या रहेको फिलिपिन्समा मार्कोसको परिवार सत्तामा आउने अवस्था बन्नुलाई विश्वले चासो लिएको छ । सन् १९८६ मा मार्कोसको शासन ढलेको थियो ।



प्रतिक्रिया दिनुहोस्