Logo

केपी ओलीबाट मलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आयो भने पनि म ईन्कार गर्छु : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, २७ बैशाख। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब केपी शर्मा ओलीसँग गठबन्धन नहुने बताएका छन् । उनले आफू र ओलीबीच फेरि गठबन्धन हुने सम्भावना नरहेको दाबी गरे ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्ड भन्ने व्यक्ति अलिक फरक चिज हो भन्ने सबैले बुझ्नुपर्ने टिप्पणी गरे ।

उनले यसअघि ०७४ को निर्वाचनमा पनि आफूलाई प्रधानमन्त्री बन्नको लागि अफर आएको तर आफूले त्यो प्रस्ताव अस्विकार गरेको स्मरण गराए । उनले आफूलाई केपी ओलीबाट प्रधानमन्त्री बन्ने अफर आएपनि त्यसलाई ईन्कार गर्ने घोषणा गरे ।

उनले भने,”अहिले केपी वा अरु कसैको मलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आयो भने म त्यसलाई ईन्कार गर्छु र अस्विकार गर्छु । म गठबन्धनकै पक्षमा उभिन्छु । यो मेरो चरित्र र विशेषता हो । मलाई गलत ढंगले बुझेका छन् मान्छेहरु । गठबन्धनमा समस्या आयो भने मिलाईन्छ । भोलि कांग्रेसले पनि गठबन्धनको सबै मूल्य र मान्यता तोड्यो भने के गर्ने भन्ने त हुने उनले सुनाए । तर, आफू गठबन्धनप्रति धेरै नै ईमानदार रहेको उनको भनाई छ । उनले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा तीनै तहको निर्वाचनमा हुने दाबी गरे ।”



प्रतिक्रिया दिनुहोस्