Logo

स्थानीय तह निर्वाचनः कुन पदमा कति उम्मेदवार?



काठमाडौं, बैशाख २८ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि नगर प्रमुखमा ३ हजार २ सय ३८ जना र उपप्रमुखमा १ हजार ९ सय ६४ जनाको उम्मेदवार अन्तिम प्रतिस्पर्धामा छन् ।

यसैगरी, अध्यक्षमा ३ हजार ९२ जना र उपाध्यक्षमा २ हजार १ सय ६३ जनाको उम्मेदवारी रहेको आयोगले जनाएको छ । यसैगरी, ६ हजार ७ सय ४३ वडाको वडा अध्यक्ष पदका लागि ३२ हजार ४ सय ९५ जनाको उम्मेदवार मैदानमा छन् ।

यस्तै, महिला सदस्यमा २५ हजार ६ सय, दलित महिला सदस्यमा २३ हजार २ सय ८५ र सदस्यमा ५३ हजार १ सय ७४ जनाको उम्मेदवार प्रतिस्पर्धामा छन् ।

निर्वाचनमार्फत १५ सय ६ जना प्रमुख तथा उपप्रमुख, ६ हजार ७ सय ४३ वडामा वडा अध्यक्ष र ती वडाका २६ हजार ९ सय ७२ सदस्य चयन हुनेछन् । यी सबै गरी स्थानीय तहमा ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्