Logo

मोदीलाई बौद्ध विश्वविद्यालयले महाविद्यावारिधि प्रदान गर्दै



काठमाडौं, बैशाख २८ । २ जेठमा बुद्धजयन्तीको अवसर पारेर एकदिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बौद्ध विश्वविद्यालयले महाविद्यावारिधिबाट सम्मान गर्ने भएको छ ।

प्रधानमन्त्री मोदी २५६६औं बुद्ध जयन्तीका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन जेठ २ गते लुम्बिनी आउँदैछन् । विश्वविद्यालयको कार्यकारिणी सभाले मोदीलाई अनररी महाविद्यावारिधि दिने निर्णय भएको विश्वविद्यालय महासभाका सदस्य डा रमेश ढुंगेलले बताए ।

ढुंगेलका अनुसार नेपालका विश्वविद्यालयबाट यो स्तरको सम्मान प्राप्त गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन् । लुम्बिनी विश्वविद्यालयका चान्सलर प्रधानमन्त्री रहने व्यवस्था छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्