Logo

मोदीको नेपालमा धार्मिक कूटनीति किन



काठमाडौं, २८ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई हिन्दूवादी नेताका रुपमा चिनिन्छ । उनको दल भारतीय जनता पार्टीको जग नै हिन्दू धर्मसम्बन्धी मुद्दामा बसेको छ । मोदीले सन् २०१४ र २०१९ को चुनाव जित्नुमा धर्मको मुद्दा नै मुख्य हो ।

मोदीले भारतमा मात्र नभई भारतबाहिर समेत धार्मिक कूटनीतिलाई प्रयोगमा ल्याइरहेका छन् । जुन देशको भ्रमणमा जान्छन् त्यहाँको हिन्दू मठमन्दिर पुग्छन् । त्यहाँको हिन्दू धर्मालम्बी जनसंख्यासँग निकटता बनाउने गरेका छन् ।

नेपाल मामलामा पनि मोदीले धार्मिक कूटनीतिलाई प्राथमिकतामा राख्ने गरेका छन् । सन् २०१४ मा सत्तामा आएपछि मोदी चारपटक नेपाल आइसकेका छन् । उनले पहिलोपटकको नेपाल भ्रमणमा पशुपतिनाथको दर्शन गरे । उनले हिन्दू धर्मप्रति आफ्नो आस्थालाई नेपालमा प्रकट गरेर यहाँका हिन्दू समुदायको मन जित्न सके ।

मोदीले अर्कोपटक नेपाल भ्रमण गर्दा जनकपुरधाम र मुक्तिनाथको पनि भ्रमण गरेका थिए । जनकपुरधामको भ्रमणबाट उनले नेपाल र भारतबीचको सम्बन्धको धार्मिक तथा सांस्कृतिक महत्वलाई प्रकट गरे । उनले मुक्तिनाथ पुगेर आफूले विगतमा पनि पुगेर खुलासाहरु गरे । मुक्तिनाथ हिन्दू र बौद्ध दुवै धर्मालम्बीहरुको आस्थाको धार्मिक स्थल हो जहाँ पुगेर मोदीले महत्वपूर्ण सन्देश दिए ।

मोदी बुद्ध पूर्णिमाको दिन पारेर फेरि नेपाल भ्रमणमा आउँदैछन् । उनी सिधै लुम्बिनी पुग्ने कार्यक्रम छ । बुद्ध जन्मस्थान लुम्बिनीमा मोदीको भ्रमण धार्मिक कूटनीतिसँग सम्बन्धित छ । उनले नेपालसँगको धार्मिक एवं सांस्कृतिक कूटनीतिलाई जोड दिएको सन्देश गइरहेको छ । यही कूटनीतिमार्फत् उनले भारतप्रति नेपालीहरुमा सकारात्मक दृष्टिकोण विकास गर्न र दुई देशबीचको सम्बन्ध पनि प्रगाढ बनाउन भूमिका खेलिरहेका छन् ।

File Photo



प्रतिक्रिया दिनुहोस्