Logo

औबमियांङको दुई गोलले बार्सिलोनाको शानदार जीत



काठमाडौं, बैशाख २८। क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा शानदार जीत निकालेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ३-१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन स्ट्राइकर पिएरे एम्रिक औबमियांङले दुई गोल गरेका छन् भने मेम्फिस डिपेएले एक गोल गरे । खेलको ३० औं मिनेटमा डेम्बेलेको पासमा डिपेएले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा औममियांङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

४८ औं मिनेटमा डेम्बेलेको पासमा औमबियांङले गोल गर्दै बार्सिलोनालाई सहज जीततर्फ अगाडि बढाएका थिए । ५० औ मिनेटमा थियागोको पासमा आस्पासले गोल गर्दै सेल्टा भिगोलाई ३(१ गोलको स्थितिमा ल्याएका थिए । जीतसंगै बार्सिलोना ३६ खेलबाट ७२ अंक जोड्दै लिगको दोस्रो स्थानमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्