Logo

लखनउलाई हराउँदै गुजरात प्लेअफमा



काठमाडौं, बैशाख २८। गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ६२ रनले पराजित गर्दै गुजरात प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।

जीतको लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३.५ ओभरमा ८२ मा अलआउट भयो । लखनउको लागि दीपक होन्डाले २६ बलमा ३ चौकाको सहयोगमा २७ रन बनाउँदा आवेश खानले १२ र क्विन्टिन डिककले ११ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्क छुन सकेनन् ।

गुजरातको लागि रसिद खानले ३.५ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । याश दयाल र रविस्रिनिभासन साइ किशोरले २र२ विकेट लिँदा मोहम्मद शामीले एक विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्