Logo

चुनावमा भोट हाल्न गाउँ फर्कनेको भिड (फोटोफिचर)



काठमाडौं, २८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि काठमाडौंबाट गाउँ फर्कनेको भिड लागेको छ । खासगरी काठमाडौंका मुख्य नाकामा गाउँ फर्कनेको लर्को लागेको हो ।

नयाँ बसपार्क, बल्खु, कोेटेश्वर र कलंकीलगायतका नाकामा गाउँ फर्कनेको भिड लागेको छ । गए रातिदेखि निर्वाचन आयोगको मौन अवधि सुरु भएको छ । मौन अवधिमा कुनै पनि उम्मेदवार र पार्टीलाई लाभ हुनेगरी प्रचार प्रसार गर्न पाइने छैन् ।

घर फर्कनेको लाइन र भिडले दशैको झल्को दिएको छ। Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्