Logo

लिभरपुलद्वारा एस्टोन भिल्ला २–१ गोलले पराजित



एजेन्सी । जारी इंग्लिस प्रिमियर लिग अन्र्तगत गएराति भएको खेलमा लिभरपुलले एस्टोन भिल्लालाई २–१ गोलले पराजित गरेको छ ।

भिल्ला पार्कमा भएको खेलमा लिभरपुललाई जीत दिलाउन जोएल माटिप र साडियो मानेले एकरएक गोल गरेका थिए । भिल्लाको लागि डोगलास लुइसले एक गोल फर्काए । खेलको तेस्रो मिनेटमै लुइसले गोल गर्दै भिल्लालाई शुरुवाती अग्रता दिलाएका थिए । छैटौं मिनेटमा माटिपले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए ।

६५ औं मिनेटमा लुइस डियाजको क्रसमा मानेले गोल गर्दै लिभरपुललाई २(१ गोलको जीत दिलाएका हुन् । जीतसँगै लिभरपुल ३६ खेलबाट ८६ अंकको साथ दोस्रो स्थानमा उक्लेको छ ।



प्रतिक्रिया दिनुहोस्