Logo

कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्कियो, मोटरसाइकल चालकको मृत्यु



काठमाडौं, बैशाख २८ । कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ३ बजेतिर थानकोटबाट स्वयम्भू तर्फ जाँदै गरेको बा ५ख ७३४५ नम्बरको टिप्परसँग सोही दिशामा जाँदै गरेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका दिवाकर अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । टिप्पर चालक धादिङको थाक्रे–१० घर भएका लिलाबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्