Logo

गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने पहिलो विदेशी जहाज भारतीय सेनाको



काठमाडौं, बैशाख २८ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलो विदेशी जहाज अवतरण गरेको छ । आज विहान साढे ८ः३० बजे भारतीय वायु सेनाको जहाज भैरहवा विमानस्थलमा अवतरण गरेको छ ।

नयाँ दिल्लीबाट उडान भरेको उक्त जहाजले काठमाडौं विमानस्थलमा ल्यान्डिङ गरे लगत्तै भैरहवाका लागि उडेको थियो । जहाज कुन प्रयोजनका लागि भैरहवामा अवतरण भयो भन्नेबारे खुलेको छैन् ।

यहि जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको राजधानी पटनाबाट भारतीय वायुसेनाको हेलिकोप्टरमार्फत लुम्बिनी आउने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्