Logo

रुकुमपुर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या, अपहरणको आशंकामा माओवादीका ३ जना पक्राउ



रुकुम, २८ बैशाख । रुकुमपुर्वमा एमाले कार्यकर्ताको अपहरणपछि हत्या भएको छ । पुथाउत्तरगंगा गाउँपालिकामा एमाले कार्यकर्ता डोटी बुढा जुनमायाको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ।

गत बैशाख १९ गते उक्त गाउँपालिकामा माओवादी कार्यकर्ताले एमाले र कांग्रेस गठबन्धनका कार्यकर्तामाथि आक्रमण गरेका थिए । झडपमा दुवै पक्षका घाइते भएका थिए ।

घरदैलो कार्यक्रमबाट जुनमाया हराएकी थिइन् । उनी अपहरणमा परेको भन्दै उनको खोजतलाश हुँदा मंगलबार घरनजिकै शव फेला परेको हो । शवलाई अहिले पोष्टमार्टमको लागि बुटबलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको छ ।

घटनामा सम्लग्न भएको आशंकामा माओावादीका स्थानीय तीन नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कुमार सिंह, निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, अर्जुनकुमार बुढा रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्