Logo

अशक्त मतदाताका लागि परिवारको सदस्यलाई गोप्य स्थानमा प्रवेश दिइने



काठमाडौं, २८ बैशाख । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफै मतसंकेत गर्न नसक्ने मतदातालाई एकाघरका परिवारको सदस्यले मतसंकेत गर्ने अनुमति दिएको छ ।

आयोगको जारी गरेको स्थानीय तह निर्वाचन निर्देशिका अनुसार दृष्टिविहिन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले मत आफै दिन नसक्ने मतदातालाई मतदान अधिकृतको अनुमतिमा परिवारका सदस्यले मत खसाल्न पाउने भएका हुन् ।

मतपत्रमा मतदाताको इच्छा अनुसार मत संकेत गर्ने काममा परिवारका सदस्यले सहयोगीको रुपमा मात्र मत संकेत गर्न पाउनेछन् । कुनै मतदाताको एकाघरको परिवारको सदस्य उसको वारिस नभई सहयोगी मात्र भएको व्याहोरा स्पष्ट हुन सरोकारवालाहरुलाई आयोगले आग्रह समेत गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्