Logo

६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र उम्मेदवार निर्विरोध निर्वाचित, ६५ दलहरु प्रतिस्पर्धामा



काठमाडौं, २८ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ६ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगको अनुसार विभिन्न राजनीतिक दलका ३५५ जना उम्मेदवार पनि निर्विरोध निर्वाचित भइसकेका छन् ।

बैशाख ३० गते देशभर १० हजार ७ सय ५६ मतदानस्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रहरुबाट १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले ३५ हजार २ सय २१ जना प्रतिनिधि छनौट गर्नेछन् ।

मतदान केन्द्रमा देशभर १ लाख ९ हजार ८८ जना कर्मचारी खटाइएको छ भने ६५ हजार ८ सय ६५ जना स्वयंसेवकहरु पुगीसकेको आयोगले जनाएको छ ।

त्यस्तै, आयोगको अनुसार ७९ वटा राजनीतिक दलहरु मध्ये ६५ वटा दलहरु चुनावी प्रतिस्पर्धामा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्