Logo

मतदानस्थलबाट आज र भोलि परिचयपत्र वितरण गरिदैं



काठमाडौं, २८ बैशाख । निर्वाचन आयोगको आज र भोलि सबै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने भएको छ।

मतदानकेन्द्रका लागि खटिएका मतदान टोलीहरुले बैशाख २८ र २९ गते मतदाता परिचयपत्र वितरण र मतदाता शिक्षा दिने कार्यक्रम रहेको छ ।

पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका, नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरुमा निवेदन दिएका मतदाताहरुलाई आयोगले परिचयपत्र वितरण गर्न लागेको हो ।

बढी भन्दा बढी मतदाताहरुलाई मतदानसम्बन्धि जानकारी उपलब्ध गराउन आयोगले सामाजिक सञ्जालबाट पनि विभिन्न जानकारीमुलक सन्देशहरु प्रसारण गर्दै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्