Logo

निर्वाचन सुरक्षामा कुनै कसर बाँकी राख्दैनौंः गृह प्रवक्ता



काठमाडौं, २८ वैशाख । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचनको सुरक्षामा कुनै कसर बाँकी नराखिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, “स्थानीय तह निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरी र नेपाल प्रहरी पहिलो घेरामा छन् । त्यसपछिको घेरामा नेपाली सेना परिचालित छ । देशभरि २ लाख ७० हजार सुरक्षाकर्मी परिचालित छन् ।”

उनले मतदातालाई मतदान केन्द्रसम्म सुरक्षाको प्रत्याभूति गरिएको दाबी गरे । पोखरेलले भने, “म कुन पार्टी वा कुन चिह्नमा छाप लगाउने भन्ने तय गरेर मतदाता हिँडेको हुन्छ । उसलाई धाक धम्की दिन मिल्दैन । सबै राजनीतिक संस्कार वा सहिष्णु व्यवहार देखाउनुपर्छ । कसैले अवान्छित क्रियाकलाप गरेमा टेलिफोन नम्बर १०० मा खबर गर्न सक्छन् । गृह मन्त्रालयले सबै मतदाताको सुरक्षाको प्रत्याभूति गरेको छ ।”



प्रतिक्रिया दिनुहोस्