Logo

श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि आकस्मिक अवतरण



काठमाडौं, २८ बैशाख । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि आकस्मिक अवतरण गराइएको छ । जहाजको इन्जिन फेल भएपछि ८७ जना यात्रु बोकेर उडेको जहाज काठमाडौंमा  फर्काइएको हो ।

२२३ उडान नम्बरको जहाज अहिले काठमाडौंमा फर्काएर सुरक्षित अवतरण गराइएको त्रिभवन विमानस्थलले जनाएको छ । जहाजको प्राबिधिक जाँच गरिने भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्