Logo

मौन अवधिमा साम, दाम, दण्ड भेद



काठमाडौं, २८ वैशाख । स्थानीय निकाय निर्वाचनको मौन अवधि मध्यरातिबाट सुरु भएको छ । यो अवधिमा प्रचार प्रचार गर्न रोक छ । तर, दलका कार्यकर्ता र स्वतन्त्र उम्मेदवारहरु अझै पनि प्रचार प्रसार भित्री रुपमा गरिरहेका छन् ।

मौन अवधिका नाममा मनी अवधि चल्न थालेको छ कतिपय स्थानमा । मतदाता प्रभावित पार्न पैसा बोकेर घर घर जाने गतिविधि पनि पत्ता लागेको छ ।

मतदातालाई साडी बाँड्नेहरु पनि देखिएका छन् । विभिन्न गाउँ टोलमा भोजभत्तेर दैनिक जसो चलिरहेको छ । चुनावलाई प्रभावित बनाउन डर धाक धम्की समेत दिने अवधिको रुपमा मौन अवधि सुरु भएको छ ।

चुनावमा भिडन्तका घटनाहरु पनि हुन थालेका छन् । जालझेल अन्तर्घातको गतिविधि पनि यही अवधिमा देखिएको छ ।

चुनावमा यतिबेलासाम, दाम, दण्ड, भेद चल्न थालेको छ । मौन अवधिको व्यापक दुरुपयोग भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्