Logo

आयोगले २ दिन मतदाता शिक्षा सम्बन्धि कार्यक्रम गर्ने



काठमाडौं, २८ बैशाख । निर्वाचन आयोगले बैशाख २८ र २९ गते मतदान सम्बन्धि शिक्षा दिने भएको छ । आगोगको आज र भोलि मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सहि तरिका सम्बन्धि जानकारी दिने कार्यक्रम रहेको छ ।

आयोगले बढी भन्दा बढी मतदाताहरुलाई मतदान सम्बन्धि जानकारी सरकारी सञ्चार माध्यम लगायत आम सञ्चार माध्यमहरु तथा सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न जानकारीमुलम सन्देशहरु प्रसारण समेत गर्दै आएको छ।

आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने सम्पुर्ण जनशक्तिहरुलाई विभिन्न चरणमा आवश्यक तालिम तथा प्रशिक्षणको कार्य समेत सम्पन्न भई मतदानस्थलमा पुगी सकेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्