Logo

भारतमा संक्रमितको संख्या बढ्दै, एकैदिन २८ सय थपिए, ५४ जनाको मृत्यु



एजेन्सी, २८ बैशाख । भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण (कोभिड १९) देखिएको हो ।

देशमा ३ हजार भन्दा कम कोरोना संक्रमित दर्ता भएको यो लगातार दोस्रो दिन हो । मंगलबार २ हजार २८८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै, २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केरलाका ४८, महाराष्ट्रका दुई र दिल्ली, हिमाचल प्रदेश, राजस्थान र उत्तर प्रदेशका एक–एक जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुल मृतकमध्ये ७० प्रतिशत गम्भीर रोगबाट पीडित थिए ।

यो राहतको कुरा हो कि सक्रिय केसहरू लगातार घट्दै गएका छन् । पछिल्लो २४ घण्टामा कुल २ हजार ९ सय ८६ जना कोरोनाबाट निको भएका छन् । योसँगै सक्रिय केसको संख्या १९ हजार ४ सय ९४ पुगेको छ । योसँगै हालसम्म ५ लाख २४ हजार १५७ जनाको मृत्यु भएको छ । जबकि हालसम्म कुल ४ करोड २५ लाख ६६ हजार ९ सय ३५ जना डिस्चार्ज भएका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस्