Logo

प्रचण्ड र आरजुले आयोगलाई कति बेला बुझाउलान स्पष्टीकरण ?



काठमाडौं, २८ बैशाख। निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसकी नेतृ डा. आरजु देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । हिजो (मंगलबार) आयोगले दाहला र राणालाई पत्र काटेको हो । केही दिन अघि सत्ता गठबन्धनले भरतपुर महानगरमा आयोजना गरेको चुनावी सभामा रेणु दाहाललाई निर्वाचित नगराए देश दुर्घटना पर्छ भनि प्रचण्डले दिएको अभिव्यक्तिमाथि आयोगले स्पष्टीकरण सोधेको हो ।

प्रचण्डले आम मतदातालाई धम्क्याउने उद्देश्यले प्रेरित भई आपत्तिजनक अभिव्यक्ति दिएको पत्रमा उल्लेख गरिएको छ । आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ । ‘माओवादी केन्द्रको अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भन्यो भने देश दु्र्घटनामा भन्नुको अन्तरनिहित मनशाय के हो ?’आयोगले प्रचण्डलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।

उता, आयोगले नेपाली कांग्रेसकी नेतृ राणालाई मतदातालाई अनुचित प्रभावमा पार्न खोजेको र आर्थिक प्रलोभन देखाउने खालको अभिव्यक्ति दिएको उजुरीका आधारमा स्पष्टीकरण सोधेको जनाइएको छ । उनीहरुले स्पष्टीकरण कति बेला बुझाउने भन्ने यकिन भएको छैन् । तर, आयोगले २४ घण्टे स्पष्टीकरण सोधेकोले दाहाल र राणाले आजै जवाफ दिनुपर्ने समयसिमा छ । तर, सार्वजनिक कार्यक्रम र मिडिया अन्तर्वार्तामा भने प्रचण्डले आफूले त्यस्तो मनशायले अभिव्यक्ति नदिएको बताउने गरेका छन् । उनले पाँच दलीय गठबन्धन परिवर्तनकारी शक्ति भएको उल्लेख गरेका छन् । अहिलेको चुनावमा गठबन्धन हार्यो भने देश दुर्घटनामा जान्छ भनेको पनि दाहालले स्पष्ट पारेका छन् । file photo

 



प्रतिक्रिया दिनुहोस्