Logo

केपी ओली भेट्न नपाएको रामवीरको गुनासो, वामदेवलाई ख्यालठट्टा ठान्न नहुने भनाई (भिडिओसहित)



काठमाडौं, २८ बैशाख । नेकपा (एमाले) का नेता तथा सांसद रामविर मानन्धरले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई अहिले भेट्न नपाएको गुनासो पोखेका छन् । स्थानीय तहको निर्वाचनमा टिकट वितरण भएपछि आफूले अध्यक्ष ओलीलाई भेट्न नपाएको उनको गुनासो छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । तपाई बोलकोट नगएको हो कि ओलीले तपाईँलाई नबोलाउनुभएको ? भेनर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘म चाहीँ एउटा कुरा के भन्छु भने मैले उहाँलाई फोन गरेको थिएँ, तर बैशाख १२ गतेपछि भेट्ने भन्नुभयो, तर १२ गतेपछि फोन नआएपछि म दोहोर्याएर गरेको छैन् ।’

उनले वामदेव गौतम ख्यालठट्टाको मान्छे नभएको पनि स्पष्ट पारे । उनले वामदेव नेपालको राजनीतिमा भिजनरी लिडर भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्