Logo

एमालेले दियो लबरुका छोरालाई वडाध्यक्षकाे टिकट



दाङ, २८ वैशाख । नेकपा (एमाले) ले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ ।

प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् ।

एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ ।

उनले आज मनोनयन दर्ता गराएका हुन ।

लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन ३ जेठमा गर्ने जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस्