Logo

लेक लागेर म्यादी प्रहरीको मृत्यु, शव ल्याउन हेलिकप्टरको माग



डोल्पा, २८ बैशाख । उपल्लो डोल्पामा लेक लागेर एक सुरक्षामा खटिएका म्यादी प्रहरीको मृत्यु भएको छ ।

लेक लागेर शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा सहिद दशरथ चन्द्र आ.वि. कोमास मतदान केन्द्रमा खटिएका ठुलो भेरी नगरपालिका–७ का सुरिल विकको मृत्यु भएको हो ।

उनलाई सामान्य पेट दुख्ने र रिंगटा लागेको थियो । उनको शव सदरमुकाम दुनै ल्याउनका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने भएको छ ।

विकको शव बोकेर सदरमुकाम ल्याउन सक्ने अवस्था नभएको भन्दै स्थानीय तहको निर्वाचन सेलले हेलिकप्टर माग गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्