Logo

मकवानपुरमा महिला र पुरुषको शव भेटियो



काठमाडौं, २८ बैशाख । मकवानपुरमा आज २ जनाको शव फेला परेको छ । मनहरीको छुट्टाछुट्टै स्थानमा एक पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

वडा नं.–७ मनहरी बजारमा राजुप्रसाद रौनियार र ९ वडाको रजैयामा अनिता गोपालीको शेव फेला परेको हो । प्रहरीको अनुसार दुवै जनाको शव आ–आफ्नै घरमा भेटिएको हो ।

रौनियारको मृत्यु आफ्नै घरको छतबाट खसेर भएको हुन सक्ने परिवारले अनुमान लगाएको छन् भने घरमा एक्लै बस्दै आएकी गोपालीले भने झुण्डिएर आत्महत्या गरेकी हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्