Logo

नबिल बैंक र पेमेन्ट नेपालबीच सम्झौता



काठमाडौं, २८ बैशाख । नबिल बैंकले मोबाइलमा आधारित रियल टाइम भुक्तानी प्रणाली युनिफाइड पेमेन्ट इन्टरफेस (युपीआइ) प्रदान गर्न पेमेन्ट नेपालसँग साझेदारी गरेको छ।

युपीआइ अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाका लागि लागि भारतको राष्ट्रिय भुक्तानी निगमले विकास गरेको रियल टाइम भुक्तानी प्रणाली हो।

साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दुबै देशमा भुक्तानी गर्न सहज हुने बैंकले दाबी छ।

नबिलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्टका प्रमुख कार्यकारी अधिकृत राजेशप्रसाद मानन्धरले सम्झौतामा हस्ताक्षर गरेका छन्।

साझेदारीपछि बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारिक स्टोरहरूमा सुरक्षित र निर्वाध भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।

त्यसैगरी, नबिल युपीआइ क्यूआरसँग आबद्ध भएका व्यापारीहरूले फोनपे, गुगल पे र पेटीएमलगायत युपीआइमा आधारित मोबाइल एपहरू प्रयोग गरेर भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्