Logo

२२ वर्ष भन्दा लामो कार्यकालको निष्पक्ष छानबिन होस् : गणेश थापा



काठमाडौं, २८ बैशाख । अखिल नेपाल फुटबव संघ (एन्फा)का पुर्व अध्यक्ष गणेश थापाले वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले लगाएका आरोपबारे खण्डन गरेका छन् ।

बुधबार धोबिघाटस्थित अगेनो रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै थापाले गोल्ड प्रोजेक्ट अन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको र ठुलो आर्थिक अनियमितता गरेको जस्ता आफुमाथि शेर्पाले लगाएको १४ आरोपबारे खण्डन गरेका हुन् ।

थापाले विभिन्न समयमा शेर्पाले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले थुप्रै आरोपहरु लिखित रुपमै लगाएको जिकिर गरे । उनले शेर्पाले लगाएका आरोपहरुको विषयमा संवैधानिक आयोग अख्तियार दुरुपयोग अनुसन्धान आयोग र फिफाले विशेष टोली पठाएर छानबिन गरिरहेको समेत जानकारी गराए । छानबिन पनि आफुलाई सफाई दिएको पनि उनले बताए ।

निर्वतमान अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको एन्फाको कार्यसमिति बैठकमा उनले भ्रमपुर्ण प्रचारबाजीका निमित्त माफी समेत मागेको सुनाए । छिरिङ शेर्पाको ४ वर्षे कार्यकाल र त्यस अघि आफुले गरेको २२ वर्ष भन्दा लामो कार्यकालको निष्पक्ष छानबिन गर्न समेत माग गरेका छन् ।

शेर्पाले गोल्ड प्रोजेक्ट अन्तर्गत आएको १९ लाख डलर एन्फाको अडिटमा नदेखाएको तथा नगरपालिकाहरुले दिएको रकमहरु पनि अडिटमा नदेखाएको र ठुलो आर्थिक अनियमितता भएको लगायतका आरोप लगाएका छन् ।

Photo : Mukunda Kalikote

 

 

 

 



प्रतिक्रिया दिनुहोस्