Logo

मोदी जस्ता नेता दुर्बिनले हेर्दा पनि भेटिदैनः अमित साह



एजेन्सी, २८ वैशाख । भारतका गृहमन्त्री अमित साहले नरेन्द्र मोदी जस्ता नेता दुर्बिनले हेर्दा पनि नभेटिने टिप्पणी गरेका छन् । मोदी कुनै राजनीतिक परिवारबाट नआएको र गाउँ पञ्जायत चलाएको समेत अनुभव नभएको उल्लेख गर्दै पटक पटक गुजरात राज्य चलाएर सफल प्रधानमन्त्री बनेको बताए ।

साहले आज दिल्लीमा मोदी एट ट्वेन्टीः ड्रिम मिट डेलिभरी पुस्तक विमोचनलाई बुधबार सम्बोधन गर्दै समाजलाई परिवार सम्झेर काम गरिरहेको बताए । मोदी भारतको हरेक क्षेत्र र समाजमा उत्तिकै लोकप्रीय भएको समेत बताए ।

मोदीले गरिब परिवारमा जन्मिएर सामान्य काम गर्दै विश्वकै लोकप्रीय नेता बन्ने सफलता हासिल गरेको उनको भनाई थियो । उनले मोदीलाई समग्रमा नियालेर बुझ्न सकिने बताए ।



प्रतिक्रिया दिनुहोस्