Logo

वाणिज्य बैंकको ब्याजदर नबढाउन बैंकर्स संघको सुझाव



काठमाडौं, २८ बैशाख । नेपाल बैंकर्स संघले बैंकहरुलाई ब्याजदर नबढाउन सुझाव दिएको छ। संघले जेठ महिनामा वाणिज्य बैंकहरुलाई ब्याजदर नबढाउन सुझाव दिएको हो ।

वाणिज्य बैंकहरुले एक वर्षको मुद्दती निक्षेपमा ११ दशमलव ०३ प्रतिशत ब्याजदर दिँदै आएका थिए । वाणिज्य बैंकहरुले ब्याज नबढाउने भए पछि विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि बढाउँदैनन् ।

फाइनान्स र विकास बैंकहरुले वाणिज्य बैंकहरुले बढाएपछि मात्रै ब्याजदर बढाउँदै आएका थिए ।  राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले भने आगामी दिनमै अझै ब्याज बढ्ने बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्