Logo

राष्ट्र बैंकले पनि शनिबार र आइतबार विदा दिने



काठमाडौं, २८ बैशाख । अब राष्ट्र बैंकले पनि साताको दुई दिन विदा दिने भएको छ । आगामी जेठ १ गते देखि लागु हुने गरी गभर्नरको टिप्पणी अनुसार सरकारले तोकेअनुसार दुई दिन बिदा दिन राष्ट्र बैंकले आफ्नै सबै विभागलाई निर्देशन दिएको हो ।

सोमबारदेखि शुक्रबारसम्म बैंकको कार्यालय समय बिहान ९ः३० बजेदेखि ५ः३० बजेसम्म कायम गर्ने राष्ट्र बैंकले जनाएको छ। तर, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने ९ः३० देखि ४ः३० बजेसम्म कार्यालय खुल्ने बताइएको छ ।

त्यस्तै, बैकहरु दशै तिहारका सार्वजनिक विदाबाहेक अन्य विदा लगातार दुई दिन भन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा सञ्चालन गरिने बैंकले जारी सुचनामा उल्लेख गरिएको छ।

 



प्रतिक्रिया दिनुहोस्