Logo

आज थप २१ जनामा संक्रमण पुष्टि



काठमाडौं, २८ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज ३ हजार ७० जनाको परीक्षणमा १८ जनामा पिसीआर र ३ जनामा एन्टिजेन विधिबाट उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, संक्रमणबाट आज १६ जना संक्रमणमुक्त भएका छन् । देशभर १२७ जना संक्रिय संक्रमितको संख्या रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या आज शुन्य रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्