Logo

के गर्दैछन् बामदेव



काठमाडौं, २८ वैशाख । बामदेव गौतम यतिबेला कुनै दलमा छैनन् । राष्ट्रिय सभाका सदस्य रहेका गौतम निष्कृय पनि छैनन् । आखिर उनी के गर्दैछन् ?

बामदेव राजनीतिक रुपमा भेटघाटहरु गर्दै आएका छन् । उनको औपचारिक रुपमा कुनै दललाई समर्थन गरिएको घोषणा भने आएको छैन । तर, आफूनिकटस्थलाई जिताउन सक्रिय भूमिका निभाउन थालेका छन् ।

गौतम लामो समय नेकपा एमालेको राजनीतिमा रहे । एमालेको उपाध्यक्ष समेत बने । तर, गत वर्षको महाधिवेशनमा एमाले छाडेको घोषणा गरे । तर, कुनै दलमा आवद्ध भएनन् ।

गौतम यतिबेला एमाले र नेकपा एसमा छरिएका आफ्ना समर्थकहरुको संरक्षणमा पछि परेका छैनन् । उनको चाहना अनुसार समर्थकमध्येकाले तरंग ल्याउने अभिव्यक्ति समेत दिए ।

नेकपा हुँदा बामदेवको प्रधानमन्त्री बन्ने चर्चा पनि चलेको थियो । तर, उनलाई त्यो ललिपप मात्र भयो । गौतम बल्लतल्ल राष्ट्रिय सभा सदस्य बनाइए । आफूले जसलाई सहयोग गर्यो उसैले कालान्तरमा पर्दा सहयोग नगरेको गुनासो गरिरहे ।

गौतम बेला बेलामा कम्युनिस्ट एकता अभियानमा समेत लागे । उनको अभियान चलि रहेको छ । तर, सफल हुन सकेका छैनन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्