Logo

ज्यानको खतरा बढेपछि राजापाक्षे एयरलिफ्टबाट नौसैनिक अखडामा



एजेन्सी, २८ वैशाख । सुरक्षा खतरा बढेपछि श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई एयर लिफ्टबाट नौसैनिक अखडामा पुर्याइएको छ । उनलाई परिवारसहित सुरक्षा दिएर राखिएको खुलाइएको छ ।

श्रीलंकाका रक्षामन्त्री कमल गुणरत्नेले बुधबार सञ्चारमाध्यमलाई राजापाक्षेलाई त्रीन्कोमाली नौसैनिक अखडामा सुरक्षा दिएर राखिएको जनाएका छन् । श्रीलंकामा अवस्था सामान्य बनेपछि राजापाक्षेलाई चाहेको स्थानमा लगिने बताइएको छ ।

राजापाक्षेले सन् २००५ देखि २०१५ सम्म राष्ट्रपति र सन् २०१९ पछि प्रधानमन्त्री भएका थिए । उनले सोमबार पदबाट राजीनामा दिएका थिए ।

श्रीलंकामा आर्थिक संकट गहिरिएपछि प्रदर्शनहरु हिंसामा परिणत भएका थिए । राजापाक्षेको पुख्र्यौली घर प्रदर्शनकारीले जलाएका थिए । हिंसा भड्कदा सत्तारुढ दलका सांसद समेत मारिएका छन् ।

पूर्वाधार विकासका लागि श्रीलंका ठूलो ऋणमा फसेको छ । यसले पनि आर्थिक संकट बढाउन भूमिका खेल्यो । श्रीलंकामा खाद्य संकट नै परेको छ । इन्धनको अभाव भएको छ । जनतामा आक्रोश बढेको छ ।

विगतका नायक सावित भएका राजापाक्षे खलनायकमा परिणत भएका छन् ।



प्रतिक्रिया दिनुहोस्