Logo

बाबुरामको मजाक : आफ्नै बारीको केरा टिपेर काठमाण्डौ लैजाँदा आचारसंहिता लाग्ला कि नलाग्ला ?



काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा सक्रिय रहने नेताहरुमध्ये अग्रपँक्तिमा पर्छन् । उनी यतिवेला गृहजिल्ला गोरखामा छन् ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि प्रचारप्रसारको लागि उनी गोरखा पुगेका थिए । हिजो राति १२ बजेबाट निर्वाचन आचारसंहिता लागु भएको छ । अब निर्वाचनको प्रचारप्रसार गर्न पाईने छैन् ।

भट्टराई आफ्नो परिवारसहित गोरखा पुगेका थिए । उनले आज भने काठमाडौं फर्किन लागेको उल्लेख गरेका छन् । उनले फेशबुकमा लेखेका छन् आफ्नै बारीको केरा टिपेर काठमाण्डौ लैजादा आचारसंहिता लाग्ला कि नलाग्ला ? तस्विरमा बाबुराम पत्नी हिसिला यमी, छोरी मानुषी र नाति युगिनको साथमा देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्