Logo

आज ६७ हजारले छाडे काठमाडौं उपत्यका



काठमाडौं, २८ वैशाख। स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या बढेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयको रेकर्ड अनुसार बुधबार साँझ ७ बजेसम्म ६७ हजारले उपत्यका छोडेका छन् ।

बुधबार साँझसम्म ५ हजार ६ सय सवारी साधनमा ६७ हजार यात्रु बाहिरिएको ट्राफिक प्रहरीले जनाएको छ । सोही अवधिमा २ हजार ३ सय सवारी साधनमार्फत २१ हजार ५ सय जना उपत्यका भित्रिएका छन् ।

निर्वाचनमा भोट हाल्नका लागि उम्मेदवारले थानकोट र कोटेश्वरबाट बस रिजर्भ गरेर आफ्ना क्षेत्रका स्थानीयतर्फ गइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्