Logo

शीर्ष नेताहरू आरोप प्रत्यारोपमा, एजेन्डा ओझेलमा



काठमाडौं, बैशाख २९ । संघीय व्यवस्था आएपछि वैशाख ३० गते दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तहको निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरू आ–आफ्नो पार्टीको पक्षमा मत माग्नका लागि देश दौडाहमा व्यस्त रहे ।

ठाउँठाउँमा चुनावी सभाहरू गर्दै मतदातालाई आफ्नो पक्षमा ल्याउने कसरत गरिरहे । तर, मतदातासँग मत माग्ने क्रममा मुख्य राजनीतिक दलका नेताहरूले जनसमुदायमा पार्टीको एजेन्डा प्रस्तुत गर्नुभन्दा पनि विपक्ष दलका नेताहरूमाथि आरोप प्रत्यारोप र गालीगलौजमा नै समय खर्चिए ।

चुनावी सभामार्फत मत माग्ने क्रममा दलका नेताहरू असहिष्णु गालीगलौजमा उत्रिए । आफ्नो पार्टीको घोषणापत्र र नीति लिएर जनसमुदायमा जानुपर्नेमा उनीहरू नैतिकता नै गुमाएर विपक्षी दलमाथि खनिए । पूर्वप्रधानमन्त्रीसमेत भइसकेका राजनीतिक दलका शीर्ष नेताहरूले सामान्य नैतिक मूल्य र मान्यतासमेत बिर्सिएर तल्लो स्तरको गालीगलौजमा उत्रिनु शोभनीय नभएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

लोकतन्त्रमा राजनीतिक दलहरूले आफ्नो विचार र सिद्धान्तको आधारमा जनताको बीचमा गएर मत माग्ने गर्दछन् । मतदाताले पनि आफ्नो आस्था र विचार मिल्ने राजनीतिक दललाई मत दिन्छन् । दलहरूको आचरण निर्वाचन आचारसंहिता विपरीतसमेत भएको निर्वाचन आयोगको निष्कर्ष छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्