Logo

कहाँ छन् हृदयन्द्र



काठमाडौं, २९ वैशाख । पूर्व नवयुवराज हृदयन्द्र शाह दुई महिनापछि किशोरावस्था पूरा गर्दैछन् । कुनैबेला गिरिजाप्रसाद कोइरालाले उनैलाई राजा बनाउन बेबि किङको कुरा निकाल्न लगाएका थिए । सुजाता कोइरालाले त सार्वजनिक रुपमै बेबि किङ भनेर कोइराला प्रधानमन्त्री हुँदा तरंग ल्याइदिएकी थिइन् ।

हृदयन्द्रतर्फ अझै धेरैको ध्यान जान छाडेको छैन । उनी कहाँ के गर्दैछन् ? भन्ने चासो उत्तिकै छ । हृदयन्द्र अमेरिकामा अध्ययनका लागि गएका थिए । उनी बिदा पारेर चुनावको मुखमा नेपाल फर्किएका छन् ।

शाह यसै हप्ता नेपाल फर्कंदा विमानस्थलमा पूर्व राजपरिवारसँग जोडिएका कर्मचारी पुगेका थिए । हृदयन्द्र सामान्य पहिरनमा थिए । पछाडि झोला बोकेका र ठूलो चश्मा लगाएका थिए ।

शाह सामान्य व्यक्ति जसरी एयरपोर्टमा ओर्लिएर निवासमा लागेका थिए । उनको अध्ययन पनि राम्रै चलिरहेको बुझिएको छ ।

हृदयन्द्रका दिदी पूर्णिका र बहिनी किर्तिका छन् । दुवैजना विदेशमै अध्ययरत छन् ।

राजसंस्था ढलेपछि ज्ञानेन्द्र शाह पूर्वराजामा परिणत भए । हिन्दू राष्ट्रबाट देश धर्मनीरपेक्ष बन्यो । अहिले यसलाई उल्टाउन गरी अभियान नै चलेको छ । राजसंस्था फर्काएर हृदयन्द्रलाई राजा बनाउने गरी लाग्नेहरु पनि देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्